नारायण ढुंगाना, चितवन, २० साउन । भरतपुर १९ की लिला गुरुङ बर्षे झरीमा छाता ओढेर विहान सात बजे शारदानगर मावी आउनुभयो ।
उहाँ आउँदा झमझम पानी परिरहेको थियो । मतहाल्न खासै धेरै कुर्नुपरेन, लिलाले भन्नुभयो दुई पटक भोट हालेको, खुसी लाग्यो ।’ उहाँको एक हप्ता पछि रोपाई भएकाले फुर्सद नै छ । मतदाताले दुइृपटक भोट हाल्न पाउनुलार्इ अबसरको रुपमा लिएका छन् ।
अन्य रोपाई भएकाहरु पनि फुर्सद मिलाएर आएको बताएका छन् । ‘जे नहुनु भै त हाल्यो, के भन्नु र, हामीलाई सुविधा चाहियो, त्यही हो,’ लिलाले थप्नुभयो ।
शारदानगर माध्यामिक विद्यालयको गाडी पार्किङ क्षेत्रमा पहिलो चरणको लाईन थियो । प्रहरीले व्यवस्थापन मिलाई रहेको थियो ।
दोस्रो ठाउँमा पानी नपस्ने टेन्ट थियो । त्यसमा पनि मतदाताहरु लाईनमै थिए । करिव ९ बजेबाट भने खासै लाईन बस्नुपरेको थिएन ।
त्यसपछि स्कुलको पेटीमा मतदानको व्यवस्था गरिएको छ । ५३ बर्षकी सन्तमायाँ गुरुङले पनि यो दोस्रो पटक भोट हाल्नुभयो । खुसी छु, किन दुखी हुनुपर्यो र अब, गुरुङले भन्नुभयो, राम्रो होस्, राम्रो गर्नु, विकास गर्नु,त्यही हो मेरो भन्नु ।’
उहाँले जितेर गएपछि वास्तै नगर्न नेताहरुको वानी रहेको भन्दै दुखेसो गर्नुभयो । अहिलेसम्म अन्यौलमा बसनुपरेकाले दुख लागेको भन्दै मतदाताले निकास हुन्छ र विकासले फड्को मार्छ भनेर भोट हाल्न आएको बताए ।
भरतपुर १९ का ६२ वर्षीय बृद्ध नरबहादुर बराम श्रीमती ५९ वर्षकी सन्तकुमारीसँगै भोट हाल्नुभयो । उहाँहरुमा पनि उत्साह देखिन्थ्यो । दुईपटक हाल्न लायो, सन्तकुमारीले भन्नुभयो, कस्तो भन्ने र अब खुसी भनौ की दुखी ।
विहानभरी पानी परेपनि ९ बजेपछि भने केही रोकिएको थियो । मतदान स्थलमा विभिन्न क्षेत्रका पर्यवेक्षकहरु बाक्लै थिए ।
पत्रकराहरु पानीको परबाह नगरी समाचार संकलन गरिरहेका थिए । जिल्ला निर्वाचन अधिकारी हरि ढकाल विहान साँढे १० बजेसम्ममा ३३ प्रतिशत मत खसेको बताउनुहुन्छ । कुल ३ हजार ७९७ मा १ हजार २०० बढी मत खसेको सहायक निर्वाचन अधिकृत गम्भिर घिमिरेले जानकारी दिनुभयो ।
बर्षाले गरेर शुरुमा मतदाता कम आएपछि अहिले बढिररहेको उहाँको भनाई छ । ‘९,१० बजेसम्ममा २० प्रतिशत मत खस्नुभनेको नराम्रो होइन’, ढकालले भन्नुभयो ।
भरतपुर १९ का ८३ वर्षका धनमान गुरुङ पनि मतदान गर्न आउनुभयो । छोरा सुर्ज बहादुर गुरुंङले उहाँलाई बोकेर ल्याउनुभएको थियो । उहाँले पौने १० बजे भोट हालेर फर्कनुभयो । युवा देखि बुद्धासम्म कै भोट हाल्न आएका थिए ।
भतदान स्थलमा आईपुग्नुभएका एमालेको प्रमुखका उम्मेदवार देवी ज्ञवाली राज्य मेरो विरुद्ध लागेकाले पनि जनतामा सकारात्मक उत्साह पाएको बताउनुभयो ।
काँग्रेसको समर्थनमा नेकपा माओवादीका महानगरप्रमुख रेणु दाहालले उत्साहढंगबाट मतदाता सहभागि भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो चुनौती हो, १९ का मतदाताले चुनौतीका सामाना गरको छन् । भोलकिा दिनमा यो अबसर हो, त्यसको प्रतिफल यो वडाले पाउँछ ।’
काँग्रेस उपमेयरका उमेद्वार पार्वती शाहले भन्नुभयो, ‘पहिले मतदाताले राम्ररी बुझ्न नसकेकाले समस्या भएको आवेशमा गल्ती पनि भयो, अब गल्ती हुँदैन भन्ने मतदाताको भनाई छ ।’ नहुने घटना भएपछि अब अहिले राम्रो भएको उहाँको भनाई छ ।
मतदानस्थलको एकसय मिटर वरपर निषेधित क्षेत्र घोषणा गरेर सुरक्षा व्यवस्था कडा पारिएको चितवनका प्रहरी उपरीक्षक दिपक थापा बताउनुहुन्छ ।
भरतपुर वडा नम्बर १९ मा तीनवटा मतदान स्थलमा ६ वटा मतदान केन्द्र रहेको छ । किरण मावी किरणगञ्ज मतदान स्थलमा १ हजार २४८, जिवनज्योती स्कुल गुञ्जानगरमा १ हजार ३०६ र शारदानगर माविमा १ हजार २४३ गरी कुल ३ हजार ७९७ मतदाता छन् ।
जेठ १४ गते राती गणनाका क्रममा मतपत्र च्यातिएपछि विवादित बनेर मुद्धा परेको भरतपुर १९ को विषयमा सर्वाेच्च अदालतले शनिवार निर्वाचन आयोगको निर्णय सदर गर्दै पुनः मतदानको फैसला सुनाएएपछि आज निर्वाचन भएको हो ।