चितवन, साउन २१ –
भतरपुर महानगरपालिकाको वडा नं. १९ मा मतगणना सकिएको छ । १९ नम्वरको गणना सकिँदासम्म २ सय २१ मतले देवी ज्ञवाली अघि छन् । देवी ज्ञवालीले ४१ हजार ९ सय ४६ मत पाएका छन् भने प्रतिस्पर्धी नेकपा माओवादी केन्दकी उम्मेदवार रेणु दाहालले ४१ हजार ७ सय २५ मत ल्याएकी छिन्।
रेणुले निरन्तर मतान्तर छोट्याउँदै लगेकी छिन्। अहिले उनी ज्ञवाली भन्दा २२१ मतले पछाडी छिन्।
यस्तै उपमेयरमा पार्वती शाहले ४५ हजार ६ सय २३ मत र दिव्य शर्मा आचार्यले ३८ हजार ६ सय ४ मत प्राप्त गर्नुभएको छ । केहिवेरपछि २० नम्वर वडाको मत गणना हुदै छ ।
शुक्रबार फेरि मतदान भएपछि राति साढे ११ बजेदेखि मतगणना सुरु भएको हो । सर्वदलीय बैठकको निर्णय अनुसार चारवटा टोली बनाएर मतगणना भइरहेको छ ।
पहिलो चरणको मतगणनाका क्रममा गएको जेठ १४ गते राति माओवादी प्रतिनिधिले मत्रपत्र च्यातेका थिए । मतपत्र च्यातिएसँगै रोकिएको वडा नं १९ को मतगणना फेरि मतदानपछि सुरु गरिएको हो । भरतपुर महानगरपालिका–१९ मा शुक्रबार भएको मतदानमा ७५ प्रतिशत मत खसेको छ । जम्मा ३७९७ मतदाता रहेको भरतपुर–१९ मा २८८७ मत खसेको हो ।