राजु अधिकारीको कथा, निर्देशन रहने गरि नेपाली कथानक चलचित्र ‘उल्झन’को मंगलबार शुभमुर्हत गरियो । राजधानीमा एक कार्यक्रमका बीच शुभमुर्हत गरिएको उक्त फिल्मको बुधबारबाट छायांकन सुरु भएको छ, राजधानीका विभिन्न स्थान, बन्दीपुर लगाएत ठाउमा
छायाकन गरिने चलचित्रले वैदेशिक रोजगारीले पारिवारिक सम्वन्धमा ल्याउने दरारलाई मुख्य विषयबस्तु बनाएको छ ।
चलचित्रमा रजनी केसी, धुर्ब दत्त, बेनी ढुंगाना, दीपक खनाल, रामचन्द्र अधिकारी, एनी विष्ट दिनेश शर्म, रचना पौडेल लगाएतको अभिनय रहनेछ । साउन २३ गते देखि नै छायाँकन सुरु हुने यस चलचित्रलाई लक्ष्मण घिमिरेले खिच्नेछन् । हिरामणि न्यौपाने/देनिश गौतमको संगीत, कुमार महर्जनको द्वन्द, शिव विकको नृत्य र दीपक अधिकारीको सहायक निर्देशन चलचित्रमा रहने छ । नविन अधिकारी (लभ्ली) र नारायण ढुंगाना कार्यकारी निर्माता रहेको सिनेमा निर्मातामा सन्तोष अधिकारी र हरि कार्की रहेका छन् भने प्रस्तुतकर्तामा तेजेन्द्र कडेल छन् ।