थिम पोस्टर सार्वजनिक गर्दै नेपाली चलचित्र ‘दि कर्मा’ घोषणा गरिएको छ । तराई भेगमा पर्ने नेपाल र भारतको सीमाना आसपासमा हुने घटनामा आधारित रहि बन्न लागेको यो चलचित्रलाई विश्वदिप घिमिरे
ले निर्देशन गर्नेछन् ।नेपाल भारत सीमा क्षेत्रका नेपालीहरुको सत्य घटनामा आधारित रहेको यो चलचित्रले बदलाको कथा प्रस्तुत गर्नेछ । मानिसले आफ्नो समयमा गर्ने कामको प्रतिफल जनाउने यो चलचित्रमा मुम्बईका कलाकार दिपक आनन्दको प्रमू
ख अभिनय रहनेछ । बलीउड तथा दक्षीण भारतिय चलचित्रमा सक्रिय रुपमा काम गरिरहेका दिपकले ‘लभ सब प्यार व्यार’, ‘अञ्जान’, ‘ह्यांग टिल डेथ’ लगायतका टलीउड चलचित्र तथा मराठी चलचित्र र विज्ञापनहरुमा अभिनय गरेका छन् । यो चलचित्रमा दिपक भारतबाट नेपाल आई सीमा क्षेत्रमा बसोबास गरिरहेका युवकको भूमिकामा रहनेछन् । भाद्र महिनाभित्र मुहर्त गरिने यो चलचित्रमा अर्का कलाकार करण आहुजाको पनि महत्वपूर्भ भूमिका रहनेछ । भारतको दिल्लीका बासिन्दा करण चलचित्रको दोश्रो प्रमूख कलाकारको रुपमा रहनेछन् । करण भारतका सफल मोडल हुन् । उनले टलीउड चलचित्रमा पनि काम गरिरहेका छन् । चलचित्रमा नेपाली कलाकार क्षितिजा शाक्यको पनि अभिनय रहनेछ भने नायिकाको भने छनौट भईसकेको छैन । चलचित्रको मुहर्त अवधिसम्म नायिका छनौट गरेर वर्कशपमा जाने निर्देशक घिमिरेले बताए । मुहर्तमा चलचित्रमा अभिनय गर्ने सम्पूर्ण कलाकार नेपाल आउनेछन् । चलचित्रको वर्कशप २० दिन सम्म चल्नेछ ।