चितवन । एमसीसी नेपालको स्वाधीनतामाथि हस्तक्षेप गर्ने किसिमको भएको र जति पनि योजनाका नमूनाहरु प्रस्तुत भएका छन्, ती योजनाहरु कसले सञ्चालन गर्ने भन्ने नै स्पष्ट नभएको राष्ट्रिय प्रजातन्त्र पार्टी (रा.प्र.पा) कालिका नगर अध्यक्ष आशिष भट्टराईले बताउनुभएको छ । मंगलबार रा.प्र.पा. कालिका नगरपालिकामा पार्टीको युवक संगठनको भेटघाट कार्यक्रममा भट्टराईले सो कुरा बताउनुभएको हो । एमसीसीको कार्यान्वयनमा भारतको समर्थन रहनुपर्ने प्रावधान गलत रहेको र एमसीसी का कर्मचारीले गल्ती गर्दा पनि नेपाल सरकारले कारवाही गर्न नपाउने व्यवस्था गलत भएको उहाँले बताउनुभएको हो ।

राष्ट्रियता के हो ? सिरियाका जनतलाई सोध, स्वाधीनता के हो ? युगोस्लाभियाका जनतालाई सोध, जहाँ अमेरिकी सेनाले आँखै अगाडि आफ्नै श्रीमती÷छोरीचेलीलाई सामूहिक बलात्कारको सिकार बनाउँछ तर कसैले बोल्न सक्दैन, जो बोल्छ, त्यो गोलीको शिकार बन्छ, त्यसैले एमसीसीको विरोध गरी आफ्नो परिवार गाउँ, टोल, समाज र राष्ट्रलाई बचाउनका लागि लागी पर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका कालिका नगर अध्यक्ष आशिष भट्टराईले अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय