पदमपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, पदमपुरले खानेपानी पाईपलाईन विस्तारको नाममा कृषकको बोटविरुवा तथा तरकारी बालीसमेत अनावश्यक रुपमा फडानी गरेको छ । कालिका नगरपालिका वडा नं. ५ को बाटो नं. २ मा पाईपलाईन विस्तार गर्ने क्रममा पाईपलाईन रहने स्थानभन्दा बाहिर रहेका बोटविरुवा पनि डोजर लगाएर उखेल्ने काम भएको र तरकारी बालीतिर लडेका बोटविरुवा र फोहरहरु लगेर फालिदिएको छ । खानेपानी योजनाले कृषकको अनावश्यक रुपमा तरकारी मासेको यहाँको कृषकको गुनासो रहेको छ । यसैबीच पाईपलाईन भन्दा बाहिर बाटोतर्फ भएका बोटविरुवाहरु कतै भनसुनका आधारमा फँडानी गर्न रोकिएको छ, भने कतै पाईपलाईन भन्दा भित्र अथवा बाहिर रहेका सबै बोटविरुवा मासिएका छन् । पाईपलाईनमा नपर्ने बोटविरुवा समेत मासिएको र मासिएको बोटविरुवा तरकारी बालीतर्फ धकेलेर तरकारी बाली नै सखाप पारेको कृषक मान बहादुर के.सी. ले बताउनुभएको छ ।

अरुको जग्गा अगाडि पाईपलाईनभन्दा भित्र र बाहिर बाटोतर्फ पर्ने रुख जोगिएको र सुनियोजित तवरले आफ्नो सबै रुख बिरुवा फडानी गरेर तरकारी बालीसमेत नष्ट गरेकाले सम्बन्धित कर्मचारीलाई कारवाही तथा कृषकले क्षतिपूर्ति पाउनुपर्ने कृषक के.सी. को तर्क रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय