यूईएफए सुपर कपको उपाधिचेल्सीले जितेको छ । गए राति भिल्ला रियललाई सडेनडेथमा हराउँदै चेल्सीले सिजनको पहिलो उपाधि जितेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । खेलमा चेल्सीले २७ औं मिनेटमा हाकिम जियाचको गोलबाट अग्रता लिएको थियो । ७३ औं मिनेटमा जेरार्ड मोरिनोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका किपा अरिजाब्लागाले कप्तान राउल अल्बिओलको प्रहार रोकेपछि विन्डसर पार्कमा चेल्सी च्याम्पियन बनेको हो । चेल्सी गतसिजनको च्याम्पियन्स लिग विजेताहो भने भिल्ला रियल युरोपा लिग िवजेताहो । युईएफले हरेक वर्ष सिजन सुरु हुनु अघि युरोपेली क्लब फुटबलका दुई ठुला प्रतियोगिताका विजेतालाई मैदानमा उतार्ने गर्छ । नयाँ सिजन सुरु हुनु अघि दुवै टिम सुपर कपका लागि प्रतिस्पर्धामा उत्रिएका थिए । प्रतियोगिता पहिलो पटक नर्दन आयरल्याण्डमा १३ हजार दर्शक समक्ष भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय