मितिः २०८१, ३० बैशाख आईतवार

नेपाली सेनाका एक उपरथीसहित १४ अधिकृतको बढुवा

नेपाली सेनाका सहायक रथी कृष्णदेव भट्टराई उपरथीमा बढुवा हुनुभएको छ । माघ २३ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भट्टराईलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो ।
बढुवा हुनुभएका भट्राईलाई आज बिहीबार जंगी अड्डामा प्रधानसेनापति प्रभुराम शर्माले दज्र्यानी चिन्ह प्रदान गर्नुभएको थियो । बढुवा भएसँगै भट्राईलाई प्रबन्धरथी विभागको विभागीय प्रमुखको जिम्मेवारी प्रदान गरिएको छ ।
त्यस्तै,पाँच जनालाई सहायक रथीमा र आठजनालाई महासेनानीमा पनि बढुवा गरिएको छ । सहायक रथीमा बढुवा हुने पाँच जना महासेनानीहरु मनोज थापा, पूर्णबहादुर खत्री, रोशन शमशेर जबरा, जगतबहादुर पौडेल र प्रकाश थापा रहनुभएको छ । उहाँहरुलाई महासेनानीबाट सहायक रथीमा बढुवा गर्ने निर्णय भएको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
त्यस्तै बढ्वा भएका आठजना प्रमुख सेनानी महासेनानीमा दगविजय शाह, विष्णु थापा, राजन बुढाथोकी, प्रविणराज घिमिरे, सुरज वैदवार, डम्बरबहादुर बोहरा, झविन्द्र बहादुर रेशमी मगर र सौजन्य शमशेर जबरा रहनुभएको छ ।
उपरथी भट्टराई एक सहायक रथी र चारजना महासेनानीलाई आजै प्रधानसेनापति शर्माले दज्र्यानी चिन्ह प्रदान गर्नुभएको थियो ।

शेयर गर्नुहोस्ः
Facebook
Twitter
LinkedIn
WhatsApp
Email
Skype
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.