मितिः २०८१, १६ बैशाख आईतवार

फिचर-समाचार

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउन कानुन व्यवसायीले गरे माग

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउन कानुन व्यवसायीले गरे माग

प्रधानन्यायाधीशको नियुक्ति नहुँदा न्याय सम्पादनमा असर पुगेको भन्दै कानुन व्यवसायीले अविलम्ब प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउन माग गरेका छन् । आज सोमबार सर्वोच्च अदालत बार एसोसिएसनको ४९औँ स्थापना दिवसका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उपस्थित कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउन माग गरेका हुन् । वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले लामो समयदेखि सर्वोच्चमा प्रधानन्यायाधीश रिक्त हुनु शोभनीय नभएको बताउनुभयो । प्रधानन्यायाधीश नियुक्त हुन नसक्नु राजनीतिक दलहरूको अकर्मण्यता भएको उहाँको भनाई छ । “न्यायपालिकाको प्रमुख लामो समयदेखि रिक्त रहनु पहिलो कुरा शोभनीय हुँदैन । दोस्रो कुरा, यसले न्याय सम्पादनमा गम्भीर असर परिरहेको छ । ढुक्कका साथ आफू प्रधानन्यायाधीशको जिम्मेवारी निर्वाह गर्न…
Read More
आज ७३ औं प्रजातन्त्र दिवस ः काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम, सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि

आज ७३ औं प्रजातन्त्र दिवस ः काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम, सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि

आज ७३औँ राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । प्रजातन्त्रको अवसरमा काठमाडौंको सैनिक मञ्ज टुँडिखेलमा पनि विशेष कार्यक्रम गरी मनाइएको छ । उक्त कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकाय तथा कुटनीतिक निकायका प्रमुखहरू लगायतको सहभागीता थियो । उक्त समारोहमा नेपाली सेनाको दुई वटा हेलिकप्टरबाट राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ अङ्कित ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो । साथै मैदानबाट शान्तिका दूत परेवा र रङ्गीचङ्गी बेलुन उडाउनुका साथै शहीदहरुप्रति श्रद्धापूर्ण रुपमा श्रद्धाञ्जली अर्पण गर्नुका साथै एक मिनेट मौन धारण समेत गरिएको थियो । नेपाली…
Read More
अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित

अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित

नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित हुनुभएको छ । बडालले नौ सय ६२ मत ल्याउनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी आरसी लामिछानेले तीनसय ५६ मत प्राप्त गर्नुभएको छ । अनेरास्ववियुको २३ औं महाधिवेशन अन्तर्गत हिजो बिहीबार राति भएको निर्वाचनबाट महासचिवमा नरेश रोकाय चयन हुनुभएको छ । त्यस्तै, उपाध्यक्षमा गोविन्द गिरि, धर्म गिरि, नारायण घर्ती र मर्यादा विष्ट निर्वाचित हुनुभएको छ । सचिव पदमा सञ्जिव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाईं,अञ्जना सिवाकोटी, आरती भट्टराई र विनिता काफ्ले निर्वाचित हुनुभएको छ । त्यस्तै कोषाध्यक्षमा संगम अर्याल निर्वाचत हुनुभएको छ । विद्युतीय मेसिनबाट भएको उक्त निर्वाचनमा एकहजार पाँचसय १७…
Read More
यातायात मजदुरको प्रदर्शनमा प्रहरीको गाडी आगजनी गर्ने र मोबाइल पसल लुटपाटमा संलग्न अहिलेसम्म ३८ जना पक्राउ

यातायात मजदुरको प्रदर्शनमा प्रहरीको गाडी आगजनी गर्ने र मोबाइल पसल लुटपाटमा संलग्न अहिलेसम्म ३८ जना पक्राउ

गत आईतबार यातायात मजदुरको प्रदर्शनका क्रममा नयाँ बसपार्क र माछापोखरीमा भएको प्रहरीको गाडी आगजनी र मोबाइल पसल लुटपाटमा संलग्नहरू हालसम्म ३८ जना पक्राउ परेका छन् । घटनास्थलको फुटेज हेरेर काठमाडौं प्रहरी परिसर र काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले मोबाइल पसल लुटपाटमा संलग्न ११ जना तथा आगजनी र तोडफोडमा संलग्न २७ जनालाई पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसरको टोलीले बुधवार आगजनी र तोडफोडमा संलग्न छ जना र मोबाइल पसल लुटपाटमा चार जनालाई सार्वजनिक गरेको छ । परिसरको टोलीले बिहीबार आगजनी र तोडफोडमा संलग्न थप नौ जना र लुटपाटमा संलग्न थप चार जना पक्राउ गरेर म्याद थप्ने तयारी गरेको छ ।…
Read More
बाग्मती प्रदेशमा आजदेखि सवारी लाइसेन्स परीक्षामा ‘ग्रेडिङ सिस्टम’ लागू, ७० अङ्क ल्याए पास

बाग्मती प्रदेशमा आजदेखि सवारी लाइसेन्स परीक्षामा ‘ग्रेडिङ सिस्टम’ लागू, ७० अङ्क ल्याए पास

बाग्मती प्रदेशमा आजदेखि सवारी अनुमतिपत्र (लाइसेन्स) परीक्षामा ‘ग्रेडिङ सिस्टम’ लागू भएको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले आजदेखि प्रदेशका सम्पूर्ण यातायात सेवा कार्यालयमा पहिलोपटक लाइसेन्समा ७० अङ्क ल्याए पास हुने गरी ग्रेडिङ सिस्टम कार्यान्वयनमा ल्याएको हो । हिजै फागुन १ गतेबाटै लागू गर्ने तयारीमा रहेको प्रदेश सरकारले बिदा परेकाले आजदेखि नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएको हो । मन्त्रालयले मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कुल अंकभार एक सय तोकेको छ । यसमा ७० अङ्क प्राप्त गर्ने प्रशिक्षार्थी अनुमतिपत्रका लागि योग्य मानिने व्यवस्था गरिएको छ । सवारी चालक अनुमति परीक्षा सञ्चालन निर्देशिका २०७७ अनुसार मोटरसाइकल, स्कुटर र मोपेड चालकका लागि घुमाउरो…
Read More
सुर्खेतमा आन्दोलनकारीसँगको झडपमा प्रहरी घाइते, चार राउण्ड अश्रुग्यास प्रहार

सुर्खेतमा आन्दोलनकारीसँगको झडपमा प्रहरी घाइते, चार राउण्ड अश्रुग्यास प्रहार

सुर्खेतमा एक महिलाको दुर्घटनामा परी मृत्यु भएको विषयमा भएको प्रदर्शनका क्रममा आज सोमबार दिउँसो प्रहरी र प्रदर्शनकारीको झडपमा एक प्रहरी घाइते भएका छन् । आन्दोलनकारीले ढुङ्गा प्रहार गर्दा प्रहरी घाइते भएका हुन् । झडप नियन्त्रण गर्न प्रहरीले चार राउन्ड अश्रुग्यास हानेको छ । प्रहरीले आन्दोलनकारीलाई लखेटेर मंगलगढी चोकदेखि बुलबुले चोकमा पु¥याएको थियो । मंगलगढी चोकमा आन्दोलनकारी र प्रहरी बीचको झडप हुँदा आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले जानकारी दिनुभयो । मृतकका परिवार र पीडक पक्षबीच जिल्ला प्रहरी कार्यालयमा विहानैदेखि वार्ता भैरहेको छ । केही भट्काउ समूहले उग्रता मच्चाएपछि ठुलो मात्रामा प्रहरी परिचालन…
Read More
नेपालले पहिलो खेपमै टर्की पठायो २२ टनभन्दा बढी राहत सामग्री

नेपालले पहिलो खेपमै टर्की पठायो २२ टनभन्दा बढी राहत सामग्री

नेपाल सरकारले टर्कीका भूकम्प पीडितका लागि राहत सामग्रीको पहिलो खेपमा २२ टनभन्दा बढी राहत सामग्रीहरु पठाएको छ । उक्त सामग्रीमा औषधि, मेडिकल उपकरण, न्याना कपडा लगायत अन्य अत्यावश्यक सामग्रीहरु रहेका छन् । ति सामग्रीहरु आज दिउँसो टर्की पठाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । गत सोमबार गएको शक्त्तिशाली भूकम्पमा परी टर्की नराम्रोसँग प्रभावित भएको छ । टर्की र सिरियामा गरी करिब ३० हजार जना मानिसको मृत्यु भइसकेको जनाइएको छ । त्यस लगत्तै यहि माघ २५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले टर्कीमा अत्यावश्यक सामग्री र स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको थियो ।
Read More
जनयुद्ध दिवसमा बिदा दिएको विरोधमा द्वन्द्वपीडित समुदायद्धारा काठमाडौंमा प्रदर्शन

जनयुद्ध दिवसमा बिदा दिएको विरोधमा द्वन्द्वपीडित समुदायद्धारा काठमाडौंमा प्रदर्शन

सरकारले आज फागुन १ गते जनयुद्ध दिवसको सार्वजनिक बिदा दिएको विरोधमा द्वन्द्वपीडित समुदायले काठमाडौंमा प्रदर्शन गरेका छन् । काठमाडौं जिल्ला अदालत अगाडि भेला भएर द्वन्द्वपीडित र मानवअधिकारवादी संघसंस्थासँग आवद्ध व्यक्तिहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले जनयुद्ध दिवसको नाममा दिइएको सार्वजनिक बिदा खारेज गर्नुपर्ने र द्वन्द्वपीडितलाई न्याय दिनुपर्ने माग राखेका छन् । विरोध प्रदर्शन कार्यक्रममा मानवअधिकारकर्मी सुशील प्याकुरेलले जनयुद्ध दिवस भनेर बिदा दिनु ज्यादती भएको बताउनुभएको छ । कुनै पार्टीले हिंसा सुरु गरेको दिनलाई, अथवा क्रान्ति सुरु गरेको दिनलाई मनाउने मैले आजसम्म विश्वमा कतै देखेको छैन’–उहाँले भन्नुभयो– ‘‘जनयुद्ध सुरु त प्रचण्डलाई प्रधानमन्त्री बनाउन मात्र गरिएको रहेछ । आज लोकतान्त्रिक भनिएका पार्टीहरुको…
Read More
दूधको मूल्य बढाउन माग गर्दै सिडिओलाई चितवनका किसानको ध्यानाकर्षण पत्र

दूधको मूल्य बढाउन माग गर्दै सिडिओलाई चितवनका किसानको ध्यानाकर्षण पत्र

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघमा आवद्ध कृषक तथा व्यवसायीलेहरुले हिजो शुक्रबार जिल्ला प्रशासन कार्यालयमै पुगेर चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ध्यानाकर्षण पत्र बुझाएका छन् । संघले बुझाएको ध्यानाकर्षण पत्रमा पशु आहार तथा चोकरको मूल्य बृद्धि भएर पशुपालक कृषक पेसाबाट पलायन हुनुपर्ने अवस्था आएको भन्दै संघले तत्काल लागतको आधारमा दूधको मूल्य बृद्धि गर्नुपर्ने माग राखेको छ । चितवनमा दैनिक तीन लाख पचास हजार लिटर दूध उत्पादन हुने र उत्पादनको ४५ प्रतिशत जिल्लामै खपत हुने तथा बाँकी ५५ प्रतिशत काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, कास्कीलगायतका जिल्लामा निर्यात हुँदै आएको छ । पशु आहारमा भएको मूल्यबृद्धिले पशुपालक किसान पेसाबाटै पलायन हुने अवस्था…
Read More
नेपाली सेनाका एक उपरथीसहित १४ अधिकृतको बढुवा

नेपाली सेनाका एक उपरथीसहित १४ अधिकृतको बढुवा

नेपाली सेनाका सहायक रथी कृष्णदेव भट्टराई उपरथीमा बढुवा हुनुभएको छ । माघ २३ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भट्टराईलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो । बढुवा हुनुभएका भट्राईलाई आज बिहीबार जंगी अड्डामा प्रधानसेनापति प्रभुराम शर्माले दज्र्यानी चिन्ह प्रदान गर्नुभएको थियो । बढुवा भएसँगै भट्राईलाई प्रबन्धरथी विभागको विभागीय प्रमुखको जिम्मेवारी प्रदान गरिएको छ । त्यस्तै,पाँच जनालाई सहायक रथीमा र आठजनालाई महासेनानीमा पनि बढुवा गरिएको छ । सहायक रथीमा बढुवा हुने पाँच जना महासेनानीहरु मनोज थापा, पूर्णबहादुर खत्री, रोशन शमशेर जबरा, जगतबहादुर पौडेल र प्रकाश थापा रहनुभएको छ । उहाँहरुलाई महासेनानीबाट सहायक रथीमा बढुवा गर्ने निर्णय भएको सैनिक प्रवक्ता सहायक रथी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.