मितिः २०८१, ३० बैशाख आईतवार

नेपालले पहिलो खेपमै टर्की पठायो २२ टनभन्दा बढी राहत सामग्री

नेपाल सरकारले टर्कीका भूकम्प पीडितका लागि राहत सामग्रीको पहिलो खेपमा २२ टनभन्दा बढी राहत सामग्रीहरु पठाएको छ ।
उक्त सामग्रीमा औषधि, मेडिकल उपकरण, न्याना कपडा लगायत अन्य अत्यावश्यक सामग्रीहरु रहेका छन् । ति सामग्रीहरु आज दिउँसो टर्की पठाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
गत सोमबार गएको शक्त्तिशाली भूकम्पमा परी टर्की नराम्रोसँग प्रभावित भएको छ । टर्की र सिरियामा गरी करिब ३० हजार जना मानिसको मृत्यु भइसकेको जनाइएको छ । त्यस लगत्तै यहि माघ २५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले टर्कीमा अत्यावश्यक सामग्री र स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको थियो ।

शेयर गर्नुहोस्ः
Facebook
Twitter
LinkedIn
WhatsApp
Email
Skype
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.