मितिः २०८१, ५ जेष्ठ शनिबार

चितवन सेरोफेरो

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि भरतपुर महानगरले माग्यो सुझाव

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि भरतपुर महानगरले माग्यो सुझाव

चितवन, वैशाख ३१ । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८/०८२ का लागि राय सुझाव माग गरेको छ ।महानगरपालिकाले आगामी नीति तथा कार्यक्रम के कस्तो बनाउने सन्दर्भमा सरोकारवालासँग सुझाव माग गरेको हो । सुन्दर, सुसंस्कृत र समृद्ध महानगर निर्माण हुने गरी अख्तियार गर्ने नीति, कार्यक्रम तथा बजेटको सन्दर्भमा राय सुझाव जेठ १५ गतेसम्म महानगरपालिकाको आधिकारिक ईमेलमा पठाउन अनुरोध पनि गरेको छ । महानगरको आधिकारिक ईमेल info@bharatpurmun.gov.np मा राय सुझाव पठाउन राजनैतिक दल, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्था, बुद्धिजीवी, विषय विज्ञ, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, संचारजगत, तथा नगरवासीलाई महानगरले आग्रह गरेको छ ।भरतपुर महानगरपालिकाले १५ औ नगरसभाका लागि तयारी तीब्र पारेको छ ।महानगरले…
Read More
विद्यार्थी महोत्सव र एमाले चितवनको अधिवेशन सफल पार्न जुट्यो अनेरास्ववियु चितवन

विद्यार्थी महोत्सव र एमाले चितवनको अधिवेशन सफल पार्न जुट्यो अनेरास्ववियु चितवन

चितवन, बैशाख २९ –अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी चितवनको पदाधिकारी बैठक सम्पन्न भएको छ । अनेरास्ववियु चितवनका अध्यक्ष हरि आचार्यका अनुसार बैठकले नेकपा एमाले चितवनको ११ औं जिल्ला अधिवेशन, काठमाडौंमा हुँदै गरेको विद्यार्थी महोत्सव र मदन आश्रित स्मृति दिवसकाबारे छुट्टाछुट्टै निर्णय गरेको छ । बैठकले यही जेठ १२, १३ र १४ गते हुन लागेको एमाले चितवनको अधिवेशनका लागि अनेरास्ववियु चितवनबाट २ जना प्रतिनिधि चयन गरेको छ । जसमा अध्यक्ष हरि आचार्य र कोषाध्यक्ष अनुजा खनाललाई सर्वसम्मतबाट चयन गरिएको छ । अनेरास्ववियुको केन्द्रीय कमिटीको आयोजनामा काठमाडौंको भृकुटी मण्डपमा जेठ १ देखि ३ गतेसम्म हुन लागेको विद्यार्थी महोत्सवमा…
Read More
नारायणी नदी किनारमा वल्र्डलिंकको ‘बिट दि स्पीड’ कार्यक्रम

नारायणी नदी किनारमा वल्र्डलिंकको ‘बिट दि स्पीड’ कार्यक्रम

चितवन, वैशाख २९– इन्टरननेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेशनले नेपाल टि–२० विश्वकप क्रिकेटको संघारमा रहेको बेला चितवनको नारायणी नदी किनारमा ‘बिट दि स्पीड’ कार्यक्रम गरेको छ । शनिबार अपरान्ह नारायणी नदी किनारमा ४ बजेदेखि युवाहरुको उल्लेखीय सहभागितामा कार्यक्रम गरिएको हो उक्त कार्यक्रममा धेरै स्पीडमा बलिङ गर्नेमा विशाल यादव घोषित भएका छन् । उनले ११३ को स्पीडमा बलिङ गरेका थिए । कार्यक्रममा १४ जना युवाले एक सय भन्दा माथिको स्पीडमा बलिङ गरेको वल्र्डलिंक चितवनका युनिट इन्चार्ज पुष्पसागर बराकोटीले जानकारी दिए । उनका अनुसार विजेतालाई नेपाली क्रिकेट टोली विश्वकप खेलेर फर्किएपछि उनीहरुको हस्ताक्षरसहितको जर्सी प्रदान गरिने छ । कार्यक्रममा युवाहरुको उल्लाहसपूर्ण सहभागिता…
Read More
बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालद्धरा: केरुङ्ग खोला पुलको उद्घाटन

बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालद्धरा: केरुङ्ग खोला पुलको उद्घाटन

चितवन,२८ वैशाख । माडी–ठोरी जोड्ने वैकल्पिक पुलको उद्घाटन गरिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २४ केरुङ्ग खोलामा बनेकोे पुलको उद्घाटन गरिएको हो । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । प्रदेश सरकारको रु ७ करोड ९८ लाख १८ हजारको लागतमा निर्माण गरिएको पुल ७४ मिटर लम्बाई र फुटपाथसहित ८ दशमलव ४ मिटर चौडा रहेको छ । वि.सं. २०७९ साल चैत १९ गते सम्झौता भई निर्माण सुरु भएको पुल म्याद सकिन भन्दा ६ महिना अगाडि निर्माण सम्पन्न छ । कार्यक्रममा बोल्दै पूर्वाधार मन्त्री दुलालले पूर्वाधार विकासमा जनतालाई अनुभूति दिने गरी विकास निर्माणमा…
Read More
रत्ननगर नगरपालिकाले एक सहायक निरीक्षक र १३ नगरप्रहरी करारमा राख्दै

रत्ननगर नगरपालिकाले एक सहायक निरीक्षक र १३ नगरप्रहरी करारमा राख्दै

चितवन, वैशाख २८- चितवनको रत्ननगर नगरपालिकाले एक जना नगर प्रहरी सहायक निरीक्षकसहित १३ जना नगरप्रहरी करारमा राख्ने भएको छ । नगरपालिकाले वैशाख २५ गते पदपूर्ती सम्बन्धी सूचना प्रकाशन गरेर १५ दिनभित्र दरखास्त दिन आह्वान गरेको हो । नगरपालिकाले खुला प्रतिस्पर्धाबाट नगर प्रहरी सहायक निरीक्षक एक जना, नगर प्रहरी सहायक हवल्दार एक जना, नगर पर्यटन प्रहरी जवान दुई जना र नगर प्रहरी जवान छ जनालाई करारमा राख्ने भएको हो । त्यस्तै, नगर प्रहरी जवान (महिला) दुई जना र नगर प्रहरी जवान (दलित÷अल्पसंख्यक) एक जनाको लागि दरखास्त आह्वान गरिएको सूचनामा उल्लेख छ । नगरपालिकाको प्रशासन शाखामा दरखास्त बुझाउन सकिने र दरखास्तको साथमा…
Read More
एमाले चितवनको अधिवेशन : तीव्र तयारीमा जुट्दै राष्ट्रिय युवा संघ नेपाल

एमाले चितवनको अधिवेशन : तीव्र तयारीमा जुट्दै राष्ट्रिय युवा संघ नेपाल

चितवन, बैशाख २७ – राष्ट्रिय युवा संघ नेपाल चितवन जिल्ला कमिटीको तेश्रो पूर्ण बैठक सम्पन्न भएको छ । नेकपा एमाले पार्टी कार्यालय चितवनमा आज सम्पन्न बैठकले एमाले चितवनको ११ औं जिल्ला अधिवेशन सम्बन्धि विभिन्न निर्णय गरेको छ । राष्ट्रिय युवा संघ नेपाल चितवन सचिव उत्तम सेढाईका अनुसार बैठकले अधिवेशनमा सबै पालिकाहरुबाट व्यापक युवा परिचालन गर्ने निर्णय गरेको छ ।स्वयमसेवकको परिचालनको लागि राष्ट्रिय युवा संघ नेपाल चितवनका अध्यक्ष झलकराज भट्टको संयोजकत्व र उपाध्यक्ष मधुपर्क श्रेष्ठ सन्तोषको सह–संयोजकत्वमा स्वयमसेवक व्यवस्थापन समिति गठन भएको छ । उक्त समितिको सदस्यहरुमा जिल्ला कमिटीका पदाधिकारी एवम् सबै सदस्य, पालिका इन्चार्ज र पालिका कमिटी पदाधिकारी रहेका छन्…
Read More
भरतपुरकी मेयर दाहालद्धरा निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई बङ्गुरको पाठा वितरण

भरतपुरकी मेयर दाहालद्धरा निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई बङ्गुरको पाठा वितरण

चितवन, वैशाख २७ । भरतपुर महानगरपालिकाले निर्वाहमुखी पशुपालन कार्यक्रमलाई तीव्र पारेको छ । २०८० सालदेखि सुरु निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई प्रोत्साहन गर्ने अभियान यो बर्ष पनि निरन्तरता दिएको मेयर रेनु दाहालले जानकारी दिनुभयो । अभियानकै क्रममा बिहीबार पनि भरतपुर महानगरपालिका–२८  का जागृति कोशिस कृषक महिला समुहका २० जनालाई बङ्गुरका पाठा वितरण गरिएको हो । निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई प्रोत्साहन गर्न ८४ वटा पाठा वितरण गरिएको हो । जसमध्ये ४ वटा बङ्गुरको भाले पाठा वितरण गरिएको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले बाख्रा वितरण गर्दै निम्न आयस्तर भएका नागरिकको जीवनस्तर सुधार्न युवा लक्षित कार्यक्रम सञ्चालनमा ल्याएको बताउनुभयो । यो कार्यक्रममार्फत…
Read More
जेष्ठ नागरिकका ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गर्नुपर्छ : प्रमुख रेनु दाहाल

जेष्ठ नागरिकका ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गर्नुपर्छ : प्रमुख रेनु दाहाल

चितवन, वैशाख २७ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जेष्ठ नागरिकका ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गर्नुपर्ने बताउनुभएको छ ।भरतपुर वडा नम्बर २५ ले आयोजना गरेको जेष्ठ नागरिक र एकल महिला सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले जेष्ठ नागरिकसँग रहेका राम्रा ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गर्न सके जेष्ठ नागरिकप्रतिको सम्मानमा कमी नआउने उल्लेख गर्नुभयो । कार्यक्रममा वडा नम्बर २५ का ३०० जनाभन्दा बढी जेष्ठ नागरिक तथा एकल महिलालाई सम्मान गरिएको थियो । हिजोका दुःख संघर्ष अहिलेका पीडिले थाहा नपाउदा अहिलेको पुस्ताले जेष्ठ नागरिकलाई गर्ने सम्मानमा कमी आएको उहाँको भनाइ थियो । आगामी दिनमा जेष्ठ नागरिकलाई आदार सम्मान गरी पालपोषण…
Read More
उच्च प्रदूषित रहेको भरतपुरको वायु हल्का वर्षापछि आज स्वस्थकर बन्दै

उच्च प्रदूषित रहेको भरतपुरको वायु हल्का वर्षापछि आज स्वस्थकर बन्दै

चितवन, वैशाख २६- पछिल्लो तीन दिनयता हल्का वर्षा भएपछि देशका अधिकांश स्थानमा वायु प्रदूषण घटेको छ । एक साताअघिसम्म उच्च प्रदूषित रहेको चितवनको भरतपुर, कास्कीको पोखरा तथा मुगुको रारा क्षेत्रमा वायु प्रदूषण घटेको हो । वातावरण विभागको मंगलबार बिहान ११ः३० बजेको तथ्यांकअनुसार आज (बुधबार) भरतपुरको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १२५, पोखराको ४३ तथा रारा क्षेत्रको ४७ मा झरेको छ, जुन विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार स्वस्थयकर वायु रहेको अवस्था छ । यस्तै, काठमाडौं उपत्यकाका अधिकांश स्थानमा एक्यूआई एक सयभन्दा कम भएको छ । बिहान ललितपुरको भैँसेपाटी क्षेत्रमा एक्यूआई १८१ मापन भएको छ । रत्नपार्कमा एक्यूआई १२६ र शंखपार्कमा १११ छ ।…
Read More
चितवनमा बल्छि थापेर माछा मार्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु

चितवनमा बल्छि थापेर माछा मार्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु

चितवन, वैशाख २५- चितवनको खैरहनी नगरपालिकामा पोखरीमा बल्छि थापेर माछा मार्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु भएको छ । खैरहनी–१० जीवनपुरका सञ्जय चौधरीको छोरा सिमानस चौधरी स्थानीय यादव पुनको माछापोखरीमा सोमवार दिउँसो साढे ३ बजे बल्छि थापेर माछा मार्ने क्रममा डुबेका थिए । निज बालकलाई पोखरीबाट निकालेर उपचारको लागि भरतपुर अस्पताल पठाएकोमा उपचारको क्रममा सोमवार बेलुका ५ः५० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । चितवन प्रहरीका प्रवक्ता श्रीराम भण्डारीले घटनास्थलकाे मुचुल्का गर्ने काम सकिएकाे र जाहेरी प्राप्त भएपछि पाेष्टमार्टम गरिने बताए ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.