मितिः २०८१, ६ जेष्ठ आईतवार

चितवन सेरोफेरो

चितवनमा सवारी लाइसेन्स ः खुल्यो आर्थिक प्रस्तावको फाइल

चितवनमा सवारी लाइसेन्स ः खुल्यो आर्थिक प्रस्तावको फाइल

चितवनमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरणको लागि बाँकी प्रक्रिया अघि बढेको छ । अख्तियारमा रोकिएको फाइल यातायात कार्यालय भरतपुरमा आएसँगै आज (शुक्रबार) आर्थिक प्रस्तावको फाइल खोलिएको छ । जिल्ला प्रशासन कार्यालयमा आर्थिक प्रस्ताव पेश गर्ने महालक्ष्मी ट्रायल सेन्टर र सद्गुरुका प्रतिनिधि समेतको उपस्थितीमा फाइल खोलिएको हो । अब आर्थिक प्रस्ताव मूल्याकंन समितिको बैठक बसेर दुईमध्ये एक ट्रायल सेन्टरलाई लाइसेन्सको प्रयोगात्मक परीक्षा स्थलका रुपमा छनौट गर्ने यातायात कार्यालय चितवनले जनाएको छ । आर्थिक प्रस्तावको फाइल खोलेको १५ दिनभित्र मूल्यांकन समितिको बैठक बस्नुपर्ने कानुनी व्यवस्था छ । समितिले कुनै एउटा ट्रायल सेन्टर छनौट गरेपछि आशयको सूचना प्रकाशित गर्छ । यसमा कार्यालयले…
Read More
चितवन राष्ट्रिय निकुञ्जभित्र पाँच महिनामा मरे ५४ वन्यजन्तु

चितवन राष्ट्रिय निकुञ्जभित्र पाँच महिनामा मरे ५४ वन्यजन्तु

चितवन राष्ट्रिय निकुञ्जभित्र पाँच महिनामा ५४ वन्यजन्तु मरेका छन् । गत साउनयता मरेका ५४ वन्यजन्तुमध्ये प्राकृतिक कारण २७ र कुकुरको आक्रमणबाट २१ वन्यजन्तु मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । जुधेर, सडक दुर्घटनामा परेर, विद्युत् करेन्ट लागेर, दलदलमा परेर, अन्य कारणले दुई जनावर मरेका छन् । मर्नेमा सबैभन्दा धेरै चित्तल रहेका छन् । पाँच महिनाको अवधिमा ३२ चित्तल मरेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । तीमध्ये प्राकृतिक कारणले १०, कुकुरको आक्रमणमा परी २०, दलदलमा परेर र सडक दुर्घटनामा परी एक÷एक क्षेत्रभित्र पाँच गैँडा मरेका छन् । तीन प्राकृतिक कारणले मरेका छन् भने जुधेर र करेन्ट लागेर एक÷एक गैँडा मरेका…
Read More
भरतपुरका दुई सहित १० ठेकेदार कम्पनी कालोसूचीमा

भरतपुरका दुई सहित १० ठेकेदार कम्पनी कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले भरतपुरका दुई सहित १० ठेकेदार कम्पनी र तीन आपूर्तीकर्तालाई कालोसूचीमा राखेको छ । कालोसूचीमा परेका जम्मा १३ कम्पनीमध्ये दुई कम्पनीलाई तीन वर्ष, एक कम्पनीलाई दुई वर्ष र १० कम्पनीलाई एक वर्ष कालो सूचीमा राखिएको कार्यालयले जनाएको छ । भरतपुर महानगरपालिकाको आग्रहमा भरतपुर–१७ स्थित जन कन्स्ट्रक्सन प्रालिलाई एक वर्षको लागि कालोसूचीमा राखिएको छ । कन्स्ट्रक्सनको मुख्य व्यक्ति जनक गुरुङ भएको बताइएको छ । त्यस्तै, सडक डिभिजन भरतपुरको आग्रहमा लोहनी एण्ड सन्स कन्स्ट्रक्सन प्रालिलाई पनि एक वर्षको लागि कालोसूचीमा राखिएको छ । यसको मुख्य व्यक्तिहरु लेखनिधि लोहनी, अशोक लोहनी र दिपक ढकाल रहेका छन् । सिराहाको एक जेभीलाई…
Read More
भरतपुरमा पुस ७ गतेदेखि  साना तथा ठुला सवारी साधन व्यवस्थापन हुने

भरतपुरमा पुस ७ गतेदेखि साना तथा ठुला सवारी साधन व्यवस्थापन हुने

भरतपुर महानगरपालिकाले साना तथा ठुला सवारी साधनलाई व्यवस्थापन गर्ने कार्य सुरु गरेको छ । हिजो बुधबार भरतपुर महानगरपालिकामा बसेको सरोकारवालाको बैठकले सवारी साधन व्यवस्थापन गर्न ५ वटा महत्वपूर्ण निर्णय गरी अब आउँदो पुस ७ गतेदेखि पूर्ण रुपमा कार्यान्वनमा ल्याउन लागेको हो । पछिल्लो समय बढदै गएको सहरीकरणसँगै सवारी साधन व्यवस्थापनमा समस्या देखिएसँगै भरतपुर महानगरपालिकाले तत्काल केन्द्रीय बस टर्मिनल र नारायणगढ बस पार्कमा अनिवार्य पार्किङको व्यवस्था गरेको छ । सवारी साधानको निर्णय अनुसार पूर्वबाट काठमाडौँ–पोखरा जाने यात्रुबहाक बस, मिनी बस, माईक्रो लगायतको भाडाको सवारी साधनहरुको पिक एण्ड ड्रप केन्द्रीय बसपार्कबाट बाईपास सडक प्रयोग गरी आँपटारीबाट बाहिरिनु पर्ने छ । पूर्वबाट पश्चिम…
Read More
भरतपुर महानगरपालिका र बिरेन्द्र बहुमुखी क्याम्पसबिच सहकार्य गर्ने मौखिक सहमति

भरतपुर महानगरपालिका र बिरेन्द्र बहुमुखी क्याम्पसबिच सहकार्य गर्ने मौखिक सहमति

बिरेन्द्र बहुमुखी क्याम्पसले आज बिहिवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भरतपुर महानगरपालिका र बिरेन्द्र बहुमुखी क्याम्पस बिच विभिन्न बिषयहरुमा सहकार्य गर्ने गरि मौखिक सहमति भएको छ । बिरेन्द्र बहुमुखी क्याम्पस र भरतपुर महानगरपालिका बिच भएको उक्त सहकार्य बिषयक अन्तरक्रिया कार्यक्रममा महानगर प्रमुख रेनु दाहाल, उप प्रमुख चित्रसेन अधिकारी, भरतपुर १० का अध्यक्ष परमेश्वर खनाल र क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख दयाराम पौडेलका बिचमा विभिन्न बिषयहरुमा सहकार्य गर्ने गरि मौखिक सहमति भएको हो । आमनागरिकलाई स्थानीय सरकारको प्रत्याभूति हुने गरि भरतपुर महानगर र बिरेन्द्र बहुमुखी क्याम्पस एक आपसमा सहकार्य गरि स्मार्ट शिक्षाको पहुँचमा सबैलाई जोड्न सकिने गरि प्रक्रिया अगाडि बढाइने भएको छ ।…
Read More
चितवनको ढुङ्ग्रे खोलामा तटबन्धको काम सुरु

चितवनको ढुङ्ग्रे खोलामा तटबन्धको काम सुरु

चितवनको ढुङ्ग्रे खोलामा तटबन्ध निर्माण थालिएको छ । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको सहयोगमा खैरहनी नगरपालिकाको ढुङ्ग्रे खोलामा तटबन्धको काम सुरु भएको हो । हिजो बुधवार दूतावासका महावाणिज्यदूत नितेश कुमार र खैरहनी नगरपालिकाका नगर प्रमुख शशीकुमार खनियाँले संयुक्तरुपमा तटबन्धनको शिलान्यास गर्नुभयो । सो अवसरमा महावाणिज्यदूत कुमारले भारत र नेपालको सांस्कृतिक, व्यापारिक र आर्थिकसँगै पारिवारिक सम्बन्ध रहेको भन्दै त्यसलाई अगाडि बढाउन एकापसमा सहकार्य गर्दै आएको बताउनुभयो । भारतले चितवनमा नौवटा योजनाका लागि लगानी गरिसकेको छ । यो खैरहनीमा दोस्रो लगानी भएको बताइएको छ । तटबन्धका लागि समय धेरै बाँकी नरहेकाले अब कामलाई तीव्र गतिमा लैजान महावाणिज्यदूत कुमारले आग्रह गर्नुभयो । त्यस्तै नगर…
Read More
चितवन राष्ट्रिय निकुञ्जमा दुई दिनमा मृत फेला परे दुई गैंडा

चितवन राष्ट्रिय निकुञ्जमा दुई दिनमा मृत फेला परे दुई गैंडा

चितवन राष्ट्रिय निकुञ्जमा हिजो र आज गरी दुई दिनमा दुई गैंडा मृत फेला परेका छन् । हिजो बुधवार निकुञ्जको अमलटारी सेक्टरको कुजौली रेञ्जपोस्ट अन्तर्गत नारायणी नदी किनारमा रहेको निकुञ्जको कोर क्षेत्रमा छ महिनाको भाले गैंडा मृत फेला परेको हो । सो गैंडाको खाग पलाएको छैन । त्यस्तै आज बिहान पनि निकुञ्जको अमलटारी सेक्टर लामीचौर पोष्ट अन्तर्गत गुन्द्रही ढका मध्यवर्ती सामुदायिक वन क्षेत्रमा अर्को एक पोथी गैंडा मृत फेला परेको छ । १५बर्षको पोथी गैंडा आपसमा जुधेर मरेको निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले जानकारी दिनुभयो । उक्त मृत गैंडाको खाग र खुर भने सुरक्षित रहेको बताइएको छ ।
Read More
प्रज्ञा एकेडेमीको भवन निर्माणको काम भरतपुर विमानस्थलले रोक्यो

प्रज्ञा एकेडेमीको भवन निर्माणको काम भरतपुर विमानस्थलले रोक्यो

भरतपुर महानगरपालिका वडा नं–२७, पर्साढापमा बन्दै गरेको प्रज्ञा एकेडेमीको भवन निर्माणको काम भरतपुर विमानस्थलले रोकेको छ । मेघौली विमानस्थलमा जहाज अवतरण गर्ने मुख्य क्षेत्रमा नै नागरिक उड्डयन प्राधिकरणको अनुमतिबिना भवन बनाएकाले रोक लगाइएको हो । विमानस्थलको सिमानाबाट जम्मा सातसय मिटरनजिकै छ तले भवन बनाउने काम जारी रहेको र अहिले भने चार तला बनिसकेको बताईएको छ । मेघौली विमानस्थलको एप्रोच लाइननजिकै बन्दै गरेको प्राधिकरणको प्राविधिक टोली आएर यसको अवस्थाका बारेमा रिपोर्ट नदिइन्जेल भवनको काम रोकिएको भरतपुर विमानस्थलका निमित्त प्रमुख दीपक विकले जानकारी दिनुभयो । एकेडेमीको भवनको नक्सापासका बारेमा विमानस्थललाई महानगरले जानकारी पनि नगराएको बताइएको छ । उक्त भवन गैँडाकोटको अक्सफोर्ड कलेजका…
Read More
हुस्सुका कारण तराईका उडान प्रभावित

हुस्सुका कारण तराईका उडान प्रभावित

हुस्सुका कारण कम भिजिविलिटी हुँदा तराईका विमानस्थलको उडान प्रभावित भएको छ । कम्पनीहरुले यसबारे यात्रुलाई सूचित गरेका छन् । यति एयरलाइन्सले एक सूचना निकाल्दै तराई क्षेत्रमा लागेको बाक्लो हुस्सुका कारण बिराटनगर, भैरहवा, नेपालगञ्ज, सिमरा, जनकपुरलगायत विमानस्थल नखुलेको जानकारी दिएको छ । भद्रपुर र पोखरामात्र नियमित उडान भइरहेको कम्पनीले जनाएको छ । प्रभावित विमानस्थलमा उडान गर्ने यात्रुले विमानस्थल आउनुअघि कम्पनीमा सम्पर्क भनिएको छ । उता, बुद्ध एयरले समेत यसबारे यात्रुलाई सूचित गराएको छ । भद्रपुर, पोखरा, धनगढी, सुर्खेत, तुम्लिङटारबाहेक अन्य विमानस्थलको उडान प्रभावित भएको बुद्ध एयरले जनाएको छ ।
Read More
दूध उत्पादनमा अनुदान दिँदै स्थानीय तह

दूध उत्पादनमा अनुदान दिँदै स्थानीय तह

उत्पादन लागत घटाउन किसानले उत्पादन गरेको दुधमा स्थानीय तहहरुले अनुदान दिन थालेका छन् । उत्पादनका आधारमा स्थानीय तहहरुले अनुदानको व्यवस्था गर्न लागेका हुन् । पूर्वी चितवनको राप्ती र खैरहनी नगरपालिकाले अनुदान दिनका लागि दुग्ध उत्पादक सहकारीलाई निवेदन दिन माग गरेका छन् । वार्षिक कति उत्पादन हुन्छ त्यसको विवरण सम्बन्धित स्थानीय तहले नगरभित्रका सहकारीहरुसँग माग गरेका हुन् । अनुदान दिनकै लागि राप्ती नगरपालिकाले यसवर्ष ४८ लाख ५० हजार रूपैयाँ बजेट छुट्टयाएको छ । राप्तीले गत आर्थिक वर्षदेखि दूध उत्पादनका आधारमा अनुदान दिने व्यवस्था गरेको थियो । राप्तीमा छ वटा दुग्ध उत्पादक सहकारी तथा एउटा बहुउद्देश्यीय सहकारी संस्था छ । बहुउद्देश्यीय सहकारी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.