रत्ननगर, चितवन । रत्ननगर–१२ स्थित ‘अल मेटल काष्टिङ उद्योग प्रा.लि.’ले आफ्नो सामाजिक संस्थागत उत्तरदायित्व (CSR) अन्तर्गत स्थानीय भजन समूहलाई न्यानो कपडा वितरण गरेको छ।
सनातन सभ्यताको संरक्षण र सम्वर्द्धनमा सक्रिय रत्ननगर १२ र १३ कार्यक्षेत्र रहेको ‘परम आनन्द रु. ५ भजन समूह’का सदस्यहरूलाई उद्योगले जाडोको समयमा लगाउने ज्याकेट सहयोग गरेको हो।
उद्योगको परिसरमा आयोजित एक कार्यक्रमका बीच भजन समूहका ४५ जना सदस्यहरूलाई उक्त न्यानो कपडा हस्तान्तरण गरियो। उद्योगका प्रबन्ध निर्देशक दीपक चापागाईं र निर्देशक सुवास आचार्यले समूहका सदस्यहरूलाई ज्याकेट हस्तान्तरण गर्नुभएको थियो। भजन समूहका अध्यक्ष यादव प्रसाद आचार्य भने हाल वैदेशिक भ्रमणको सिलसिलामा रहनुभएको छ।

हस्तान्तरण कार्यक्रममा भजन समूहको तर्फबाट उपाध्यक्ष हरिकला घिमिरे, सचिव कृष्ण ढकाल, कोषाध्यक्ष गोमा रेग्मी लगायत कार्यसमिति र समूहका अन्य सदस्यहरूको उपस्थिति रहेको थियो।
अल मेटल काष्टिङ प्रा.लि.ले व्यवसायिक उत्पादनसँगै समाजसेवामा पनि सक्रियता देखाउँदै आएको छ। उद्योगले विगत लामो समयदेखि धार्मिक तथा सामाजिक क्षेत्रका अलावा खेलकुद, शिक्षा र स्वास्थ्य सेवा लगायतका विभिन्न क्षेत्रमा स्थानीय स्तरमा निरन्तर सहयोग पुर्याउँदै आइरहेको प्रबन्ध निर्देशक चापागाईंले जानकारी दिनुभयो।
