राष्ट्रिय स्वतन्त्र पार्टीले रत्ननगर वडा नं. १० को निर्वाचन केन्द्रीत वडा सम्पर्क कार्यालय स्थापना गरेकाे छ

चितवन क्षेत्र नं.१ राष्ट्रिय स्वतन्त्र पार्टीले रत्ननगर वडा नं. १० को निर्वाचन केन्द्रीत वडा सम्पर्क कार्यालय स्थापना गरेकाे छ ।

चितवन क्षेत्र नं.१ का उमेदवार हरि ढकालको विशेष आतिथ्यता र ९९ वर्षीय स्थानीय लोक बहादुर अधिकारीको उपस्थितिमा उक्त सम्पर्क कार्यालय शुभारम्भ भएको हो । कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका विभिन्न तहका नेता तथा स्थानीयवासीहरुको उल्लेख्य सहभागीता रहेको थियो । कार्यक्रममा बोल्दै उमेदवार हरि ढकालले देशले परिवर्तन खोजिरहेको र त्यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले हिजोका दिनमा देखाएको परिवर्तनकामी अभ्यासलाई अब बहुमत सहितको सरकार गठन गरि पार्टी देशमै स्वरोजगारी , शिक्षा ,स्वास्थ , कृषि र पर्यटनमा दीगो विकासका नीतिहरु अवलम्बन गर्ने र आम जनजीविकाका विषयमा निरन्तर साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो पार्टीलाई जिताउन अपिल गरेका छन् । कार्यक्रम रास्वपाका वडा सभापति कृष्ण पौडेलको सभापतित्व र सचिवालय संयोजक वेद प्रसाद आचार्यको संचालनमा भएको थियो । कार्यालय ृद्घाटन पश्चात् सोही वडामा घरदैलो समेत गरेका थिए । घरदैलोको क्रममा स्थानीयहरुले परिवर्तनका लागि भोट दिने वचन र जितका लागि आशिर्वाद दिएका थिए ।

शेयर गर्नुहोस्ः
Facebook
Twitter
LinkedIn
WhatsApp
Email
Skype
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.